झापामा ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी
झापा । झापामा धमाधम मतगणना भइरहेको छ । १५ वटै स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
१५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् । कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा अगाडि छन् । उनी कांग्रेसका बागी हुन् ।
झापामा कतिपय स्थानीय तहमा शुक्रबार रातिबाटै मतगणना सुरु भयो भने कतिपयमा शनिबार बिहान मात्र सुरु भयो । हालसम्म गणना सुस्त छ । झापामा हालसम्म ११ वटा वडामा अन्तिम मतपरिणाम आएको छ । जसमध्ये ६ वटा वडामा कांग्रेस र पाँचवटा वडा एमालेले जितेको छ ।
कांग्रेसबाट कचनकवल(१ मा कांग्रेसका महावीर लिम्बू निर्वाचित भएका छन् । यहाँ कांग्रेसले प्यानल नै जितेको हो । भद्रपुर–२ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ वडाध्यक्ष रामबहादुर कँडेल निर्वाचित भएका छन् । अन्य सदस्य पदमा भने एमालेले जित निकालेको छ ।
यस्तै, कनकाई– ८ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका लीलाबहादुर कटुवाल निर्वाचित भएका छन् । बाह्रदशी–१ र २ मै कांग्रेस निर्वाचित भएको छ । बाह्रदशी–१ मा कांग्रेसका टेकबहादुर राजवंशी निर्वाचित भएका छन् । बाह्रदशी–२ मा कांग्रेसका भीमबहादुर कार्की विजयी भए ।
कमल–१ मा पनि कांग्रेसले प्यानल नै जितेको छ । कमल(१ मा कांग्रेसका केदार कटुवाल विजयी भए । अर्जुनधारा–१ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका उपेन्द्र बस्नेत निर्वाचित भएका हुन् ।
यस्तै, एमाले ५ वटा वडामा निर्वाचित भएको छ । कचनकवल–२ मा एमालेका लेखनाथ खत्री निर्वाचित भएका छन् । भद्रपुर–१ मा एमालेका रामप्रसाद अधिकारीको प्यानल नै विजयी भएको छ । शिवसताक्षी–१ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भएका छन् । दमक–१ मा एमालेका हरि न्यौपानेको प्यानल नै विजयी भएको छ । गौरीगञ्ज१ मा एमालेका परशुराम काफ्ले विजयी भएका छन् ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्