जनताको चाहनाअनुसार पुनः टोखा– ७ मा उम्मेदवारी दिएँ : नरोत्तम राना
काठमाडौं । टोखा नगरपालिका–७ मा नेकपा एमालेबाट पुनः वडाध्यक्षको रुपमा उम्मेदवारी दिएका नरोत्तम राना मगरले त्यहाँका जनताको चाहना अनुसार पुनः उममेदवारी दिएको बताएका छन् ।
२०७४ मा पनि चुनाव जितेर उक्त वडामा नेतृत्व गरि धेरै विकास निर्माण गरेको जिकिर गर्दै नेता रानाले यही बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पनि फेरि जनताले आफ्नै नेतृत्व खोजेको बताएका हुन् ।
साथै, उनले आफूले विगतमा गरेको कार्य शैलिप्रति पार्टीले विश्वास गरेर टिकट दिएको समेत बताए । उम्मेदवार रानाले फेरि चुनाव जितेर बाँकी रहेका केहि अधुरा विकास निर्माण पूरा गर्ने प्रतिबद्धता अघि सारेको बताए ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्