काम गरेर दरिएका निरन्जन
श्रेष्ठको यो उम्मेवारी उनको ब्यक्तिगत संबृद्धिका लागि भन्दा पनि नगरवासि र वडावासिको हितका लागि हो
संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका वडा न १ का वडाध्यक्ष निरञ्जन श्रेष्ठ बोल्ने मात्र हैन काम गरेर देखाउन सफल वडाध्यक्षका रुपमा चिनिन्छन् ।
खाँदबारी १ का मतदाताले २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित गरेपछि बितेको ५ बर्षमा उनले आफ्नो वडामा प्रसस्त बिकास गरेर देखाएका छन् । अघिल्लो कार्यकालमा मतदाताको मन जित्ने काम गरेका कारण नै उनलाई यसपालि समेत वडा नं। १ का मतदाताले जिताउने प्रवल संभावना छ । अहिले चोक बजार र चिया पसलहरुमा समेत उनको तारिफ चल्ने गरेको छ ।
यसपालि पालो फेर्ने सोचमा रहेका उनलाई मतदाताले नै पुन एकपटकका लागि अध्यक्षमा उठ्न आग्रह गरिरहे । आफु यसपालि नउठ्ने बरु यो अवसर अरुलाई नै दिलाउने सोंचमा रहेका उनले आफुले पद नओगट्ने प्रयत्न गर्दा समेत मतदाताले उनलाई नै एक पटकका लागि पुन दोहोरिन आग्रह गरे ।
उनि भन्छन मैले कहिल्यै आफ्नो जिम्मेवारीलाई बिर्सिन ५ बर्षका लागि मतदाताले मलाई जिताएका हुन् मैले जुन जिम्मेवारी लिएँ कुनैदिन कसैको मन दुखाउने काम गरें जस्तो लाग्दैन । सबैको सहयोग पनि पाएँ ।
बिहे बिटुलो मरि मराउ, बिकास निर्माणको क्रममा समेत उनि सँधै अग्रभागमा खटिन्छन् । निश्पक्ष र निडर स्वभावका उनि काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवारका रुपमा खडा भएपनि उनलाई अघिल्लो निर्वाचनमा अन्य दलमा आस्थावान मतदाताले समेत मतदान गरेका थिए ।
प्रष्ट बिचार, भिजन सहितको बिकास निर्माणको सोंच, सबैसंग सहजरुपमा घुलमिल हुने खुवी, सामाजिक काममा पुर्णरुपमा लागि पर्ने तत्परता र सबै सेवाग्राहिलाई समान रुपमा ब्यवहार गर्ने उनको स्वभावका कारण पनि उनि सबैदलका मतदाता बिच लोकप्रिय छन् ।
जसका कारण पनि उनलाई यसपालि समेत सबै दलका मतदाताले बिना हिचकिचाहट मतदान गर्ने अवस्था श्रृजना भएको छ । स्थानीय निर्वाचन हो मतदाताले आफ्नो गाउँ ठाउँमा बिकास गर्ने, बिश्वासिलो नेताको खोजी गरिरहेका छन् ।
अवश्य नै अहिलेका सचेत मतदाताले शासक हैन सेवक रोज्ने छन् । उनको यो उम्मेवारी उनको ब्यक्तिगत संबृद्धिका लागि भन्दा पनि नगरवासि र वडावासिको हितका लागि पनि खोजिरहेका छन् । अघिल्लो कार्यकालमा उनले जनताको मन जित्ने धेरै कामहरु गरेका छन् ।
वडाको थोरै बजेटलाई सहि सदुपयोग गर्दै सर्बपक्षिय हितका लागि प्रभावकारी देखिने काम गरेका छन् । त्यसैले पनि उनको जितको संभावना यसपटक थप बलियो देखिन्छ ।
क्याटेगोरी : tags, राजनीति, विशेष, समाचार, स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #निरन्जन श्रेष्ठ, #नेपाली कांग्रेस, #वडा न १, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्