खाँदबारीको मेयरमा कांग्रेसका थपलियाको थप लोकप्रियता
नेपाली कांग्रेस संखुवासभाका बौद्धिक नेता महेश थपलिया जिल्लामा मात्र हैन केन्द्रमा समेत लोकप्रिय मानिन्छन् । संखुवासभाको खाँदबारी नगरपालिकाबाट गठबन्धनका तर्फबाट सर्वसम्मत उम्मेदवार भए पछि थपलियाको लोकप्रियता झनै बढ्दै गएको छ । सालिन स्वभावका कारण पनि खाँदबारीबासीबीच उनी लोकप्रिय छन् ।
सामाजिक स्वभावका थपलियाको पार्टीभित्र मात्र हैन, जिल्लाबासीबीच पनि उन्को त्याग र समर्पण छ । त्यसकारण पनि उन्ले यस पटक नगरपालिकाबासीको अत्याधिक मत पाएर जित्ने आंकलन गरीएको छ । बिद्यार्थीजीवन देखि नै राजनीतिमा होमिएका थपलियाका समकालिन साथिहरु पटकौ पटक मन्त्री भई सकेकाछन् । र पनि उन्ले आफूलाई कहिल्यै निराश बनाएनन् । राजनीतिमा त्यागको भावना लिएर लागि रहे । खाँदवारीबासीको चाहनाकै कारण र पार्टीले उन्ले देखाएको त्यागको भावनाको मूल्यांकन गर्दे खाँदबारी नगरपालिकाको मेयरमा उठाएपछि उन्को जित त पक्का भएको छ नै संगै खाँदबारीबासीको पनि जित हुने देखिएको छ ।
खाँदबारी नगरपालिका–८ का थपलिया पढेलेखेको र बौद्धिक नेता त हुन नै जिल्लाको बिकासमा केन्द्रमा पहुँच पु¥याउन सक्ने जिल्लाका नेता हुन् । उन्को उम्मेदवारीले यस पटक खाँदबारीबासीलाई उत्साहित पनि बनाएको छ । सुन्दर नगरपालिकाको स–चित्र योजना बनाएका उन्ले खाँदबारीलाई व्यवस्थित शहर बनाउने योजना बुनेकाछन् । सुशासनसंगै सुन्दर खाँदबारी नगरको परिकल्पना र स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीलाई सर्वसुलभ बनाउने उन्को पहिलो योजना छ । पाँचबर्ष भित्रमा खाँदबारी नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने र पर्यटकीय आकर्षणको केन्द्र बनाउने उन्को योजना पनि छ ।
बन, जंगल, जडिबुटीको संरक्षणसंगै सहुलियतपूर्ण कृषिमुखि कार्यक्रम ल्याउने उन्को सोंच छ । खाँदबारी नगरपालिकालाई हराभरा नगर बनाउने, नगरपालिका भित्रका जैबिक बिबिधताको संरक्षण गर्ने, मठमन्दिर र धार्मिक तिर्थस्थलको संरक्षणमा जोड दिने उनको भनाई छ । उन्ले रोजगारीको सृजना गरी नगरभित्रका युवालाई कृषि, पर्यटन, उद्योग, शिक्षा र बिभिन्न क्षेत्रमा रोजगारी दिन सकीने योजना पनि अघि सारेकाछन् । थपलियाले यस पटक राजीनिति भन्दा माथि उठेर पनि आफूलाई एमाले र अन्य पार्टीसंग आवद्ध युवाहरुलेसमेत सघाउने अपेक्षा राखेकाछन् । समृद्ध शहर खाँदबारी देशकै नमुना नगर उन्को दृष्टिकोणले सफलता पाउने आंकलन गरीएको छ ।
क्याटेगोरी :
राजनीति,
समाचार,
स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #महेश थपलिया, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्