कांग्रेसको प्रतिवद्धता पाँच वर्षमा हामी गाउँमा जनतालाई बस्न योग्य बनाउँछौं
काठमाडौं । चुनावी घोषणापत्र मार्फत नेपाली कांग्रेसले आगामी पाँच वर्षमा स्थानीय सरकारले गाउँमा जनतालाई बस्न योग्य बनाउने प्रतिवद्धता जनाएको छ । पार्टीका उम्मेद्वार बिजयी भए यसका लागि विशेष प्राथमिकता दिने उसको घोषणापत्रमा उल्लेख छ । ुहाम्रो स्थानीय नेतृत्वले कर्मशील नागरिकहरूका लागि कसरी गाउँ उत्पादनमुखी बन्न सक्छन्, कसरी उनीहरूलाई उनीहरूकै घरनजिक रोजगारी दिन सकिन्छ भनेर आफ्नो स्थानको विशेषता अनुसार आयमूलक पेशा वा रोजगारीलाई उच्च प्राथमिकता दिने छन्ु घोषणापत्रमा उल्लेख छ ।
यस्तै, कांग्रेसले प्रष्ट कार्ययोजनासहित शहरलाई बस्न योग्य ‘लिभेवल’ बनाउन संकल्प गरेको छ । शहर बन्न न्यूनतम मापदण्ड समेत पुरा नगरेर अव्यवस्थित कङ्क्रिटको जङ्गल हुनबाट शहरलाई कसरी जोगाउन सकिन्छ भनेर स्थानीय सरकारले ध्यान दिने पनि कांग्रेसले जनाएको छ । बिजुली, पानी, सडक, फोहोर व्यवस्थापन, स्कुल, अस्पताल, इन्टरनेट, पार्क र खेल मैदानहरू स्थानीय सरकारका प्राथमिकतामा हुने पनि कांग्रेसले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्