जनता समाजवादी पार्टीको घोषणापत्र सार्वजनिक
काठमाडौं। आसन्न स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिएको हो ।
जसपाले सुशासन र पारदर्शीतालाई स्थानीय तहमा स्थापित गराउन पार्टीको ध्यान जाने बताएको छ ।
स्थानीय तहको सेवालाई अझ प्रभावकारी बनाउँदै यातायातको सुविधा नभएको ठाउँमा घर–घरमा टोली पठाएर सेवा पु¥याउने घोषणापत्रमा उल्लेख गरिएको छ । विकास निर्माणको काममा प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर मात्र गरिने उल्लेख गरिएको छ । करको दायरालाई बढाएर करको दरलाई भने घटाउने जनाइएको छ ।
त्यसैगरी जसपाको घोषणापत्रमा पालिकाको वरिपरि रिङरोड निर्माण गर्ने, पालिका र वडा जोड्ने सडक निर्माण गर्ने उल्लेख गरिएको छ । पालिकामा महत्वपूर्ण योजना बनाउँदा सर्वदलीय सहमती गरेर आगडि बढ्ने बताइएको छ । खानेपानीलाई २०० युनिट सम्मको शुल्क मिनाहा गर्ने, आधुनिक शौचालय निर्माण गर्न प्रत्येक परिवारलाई १० हजार रुपैयाँ अनुदान दिने, ढलको व्यवस्थापन गर्न गुरुयोजना बनाएर काम गर्ने लगायतको योजना बनाइएको छ ।
त्यसैगरि व्यवसायिक शिक्षालाई जोड दिँदै हरेक पालिकामा एउटा नुमना माध्यामिक शिक्षा सञ्चालन गर्ने, हरेक स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा एउटा वर्थिङ सेन्टर स्थापना गर्ने, पाँच वर्ष भित्रमा पालिका भित्रका सबै जनतालाई स्वास्थ्य बिमा गरिने तथा विपन्न वर्गको लागि स्वास्थ्य बीमाको प्रिमियर पालिकाले तिरिदिने व्यवस्था गरिने जनाइएको छ ।
हरेक पालिकामा एक /एक विगाहामा खेल मैदान निर्माण गर्ने र नगरपालिकामा तीन वटासम्म रंगशाला बनाउनुका साथै महानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको रंङ्गशाला निर्माण गरिने प्रतिवद्धता गरिएको छ । पाँच वर्ष भित्रमा पशु बीमा कार्यक्रमलाई लागु गर्ने, महिलाहरुले होमस्टे सञ्चालन गर्न चाहे पाँच प्रतिशत व्याजमा पचास लाख रुपैयाँसम्म ऋण दिने, वैदेशिक रोजगारबाट आर्जित रकमको कोष निर्माण गरेर मुलुकमा हुने लगानीमा सेयरधनीमा रुपान्तरण गर्ने लगायतका कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।
वृद्धहरुको स्याहार–सुसार गर्न नसक्ने परिवारका लागि विशेष आवास गृह सञ्चालन गर्ने र हरेक वडामा जेष्ठ नागरिक भेटघाट केन्द्र निर्माण गर्ने बताइएको छ । महिलाको नाममा जग्गा धनि पुर्जा भएको हकमा भूमि करमा २५ प्रतिशत छुट दिने पनि जसपाले जनाएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्