मेरो उम्मेदवारीले विदुर नगरपालिकामा एमालेको विरासत राख्छ : मेयरका आकांक्षी श्रेष्ठ
काठमाडौं । आगामी बैशाख देशमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरु प्रत्यक नगरपालिका, महानगरपालिका तथा उपमहानगरपालिकाको नेतृत्वका लागि आकांक्षा राखेर उम्मेदवारी दिने तयारीमा लागेका छन् । साथै, उनीहरुले विभिन्न विकासका योजना पनि अघि सारेका छन् ।
यसै सन्धर्वमा नुवाकोट जिल्लाको सदरमुकाम विदुर नगरपालिकाको मेयरका एमलेबाट आकांक्षी अनुज श्रेष्ठले पनि आफ्नो चुनावी तयारी गर्दै विकासका योजना अघि सारेका छन् ।
हाल नेकपा एमाले विदुर नगर कमिटीका सचिव समेत रहेका उनले विगतका निर्वाचनमा उक्त नगरपालिकमा एमालेले सानदार विजयी हासिल गर्दै आएको भन्दै अहिले पनि त्यस स्थानमा चुनाव जितेर पार्टीले कायम गरेको एमालेको विरासत राख्ने दाबी गरे ।
नेता श्रेष्ले पार्टीले उठाएका समृद्ध नाराहरु तथा शुखी नेपालीको महा अभियानलाई जोडेर पार्टी गतिविध गरिरहेको बताए । साथै, उनले उक्त नगरपालिकामा विगतमा एमालेले गरेका विभिन्न विकासका काम देखेर जनताहरु पनि आफूहरुप्रति आकर्षित रहेको जिकिर गरे । नेता श्रेष्ठले आफूसँगै एमालेबाटै अन्य नेताहरुले पनि मेयरको आकांक्षा राखेहो बताए ।
क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot, #विदुर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्