नौकुण्डमा काँग्रेसको लोकप्रियता देखेर ममाथि प्रहार गरियो : अध्यक्ष नुर्वु
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु साङ्बो घलेले नौकुण्डमा काँग्रेसको बढ्दो लोकप्रियता देखेर विभिन्न सञ्चार माध्यामबाट आफूमाथि प्रहार गर्ने प्रयास भएको बताउनुभएको छ ।
दैनिकी नेपाल डटकमले आईतबार लेखेको झुटो समचारको खण्डन गर्दै उहाँले रसुवा र नौकुण्डमा काँग्रेसको लोकप्रियता देखेर आफुमाथि प्रहार गर्ने प्रयास भएको बताउनुभएको हो ।
अध्यक्ष नुर्वुले गाउँपालिकाको पैसाले आफ्नो नाममा हाईड्रोपावरको सेयर किनेको भन्ने समचारमा कुनै सत्यता नभएको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा आफूलाई कमजोर पार्नका लागि विपक्षीबाट गरिएको कुप्रचार भएको बताउनुभयो ।
“गाउँपालिकाको पैसाले रसुवा हाइड्रोपावर र बेत्रावती हाइड्रोपावरको नाममा मैले कुनै शेयर खरिद गरेको भए छानविन गरिपाउँ, म सजायाँ भोग्न तयार छु,”– अध्यक्ष नुर्वुले भन्नुभयो । हाइड्रोपावरको ड्यामसाइडदेखि पावरहाउससम्म जाने बाटोमा ठेक्का पहिल्यै भइसकेकाले गाउँपालिकासँग उक्त बाटोको कुनै सरोकार नरहेको उहाँको भनाई छ ।
नौकुण्ड गाउँपालिकामा ६०० भन्दा बढी मतान्तरले विजय हुनुभएका नुर्वुले आफ्नो बढ्दो लोकप्रियता देखेर आफूमाथि मानव बेचविखनजस्तो घिनलाग्दो आरोप लागेको भन्दै यसको खण्डनसमेत गर्नुभएको छ ।
“कुनै ठोस प्रमाणविना पत्रकारिताको आचारसहिता, मर्म र भावनाविपरित, मानव बेचविखनजस्तो घिनलाग्दो कार्यमा मलाई जोड्नु अत्यन्त निन्दनीय कार्य हो, नभएको र नगरेको कार्य जोडेर ममाथि लगाइएको आरोपबारे छानविन गर्न म सम्बन्धित निकायसमक्ष पुग्नेछु,”– उहाँले भन्नुभयो ।
अध्यक्ष नुर्वुले विस २०४८ सालदेखि रसुवामा बसेर काँग्रेसको सङ्गठन विस्तार गर्दै आउनुभएको छ । उहाँ काँग्रेसको दुईपटक गाविस र गाउँपालिको सभापति बन्नुका साथै दुई कार्यकाल काँग्रेसको महाधिवेशन प्रतिनिधी बनिसक्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नुर्वु साङ्बो घले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्