कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्छ : ओली
सिमकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कर्णाली करिडोरको स्तर वृद्धि गर्नुपर्ने बताएका छन् । उनले करिडोर निर्माणलाई तीव्रगतिमा अगाडि बढाएर हुम्लाका जनतालाई गुणस्तरीय यातायात सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध भएर लाग्ने बताए ।
एमाले हुम्लाले आइतबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय निर्वाचनपछि देशमा विकासको लहर आउने दाबीसमेत गरे । जनताको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको उहाँले दाबी गरे ।
आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीब्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले सात महिनापछि पुनः फड्को मार्ने दाबी गरे ।
हुम्लामा टेलिफोन, इन्टरनेट, सडक, रोजगारलगायत छिमेकी देशसँग जोडिएको सिमानाका खुला नहुँदा यहाँका नागरिकले पीडा भोग्नुपरेको बताउँदै उनले जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित अन्य पालिकाका अधिकांश वडाहरूमा टेलिफोनले राम्रोसँग काम नगरेको आफूले सुनेको बताए ।
कर्णाली करिडोर हिल्सासम्म जोड्नका लागि आफूले कुरा अगाडि बढाएको जानकारी दिँदै अध्यक्ष ओलीले दुर्गम जिल्लाका नागरिक बिरामी हुँदा उपचार गर्न समस्या भोग्नु परेको बताए । उनले अन्तर जिल्ला जोड्ने निजी एयरलाइन्सले दैनिक एक फ्लाइट गर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘हुम्ला पर्यटक सम्भावना बोकेको जिल्ला हो, यातायातको सुविधालाई पहिलो प्राथमिकता दिनुपर्छ, भूगोल अनुसारको विकास पूर्वाधारलाई प्राथमिकता दिनुपर्छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्