सूर्यविनायकको मेयरमा एमालेबाट ६ जनाको दाबी, कोको हुन् ती अनुहार ?
काठमाडौं । आगामी बैशाख ३० गते देशभर हुन गइरहेको स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट सूर्यविनायक नगरपालिकाको मेयरका लागि ६ जनाको नाम नाम सिफारिस भएको छ ।
सुर्यविनायक नगर कमिटीको छैटौँ पुर्ण बैठकबाट मेयरमा ६ जनालाई सिफारिस गरेको सुर्यविनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए । मेयरमा सिफारिस हुनेहरुमा राजेन्द्र राजथला, बासुदेव थापा, किरण थापा, सन्तोष ढुंगेल, राजकुमार सिलवाल र गोविन्द चौलागाँई रहेको अध्यक्ष सापकोटाले बताए ।
स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिका मेयरका लागि६ जना र उपमेयरका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयरमा जुना बस्नेत, सरिता भटटराई, लक्ष्मि अधिकारी, तारा सापकोटा, ममता राउत, अम्बिका बस्नेत, बिना बस्नेत, तारा खड्का राउत रहेका छन् ।
मेयरका दाबेदार राजथला पुराना नेता एवं प्रदेश कमिटि सचिवालय सदस्य हुन् भने बासुदेव थापा भक्तपुर उपाध्यक्ष एवं वर्तमान मेयर हुन् । त्यसैगरी किरण थापा जिल्ला कमिटीका सदस्य हुन् भने सन्तोष ढुंगेल प्रदेश कमिटी सदस्य, राजकुमार सिलवाल जिल्ला कमिटि सदस्य र गोविन्द चौलागाँई सूर्यविनायक नगरपालिकाको कानूनी सल्लाहकारका रुपमा छन् ।
क्याटेगोरी :
राजनीति,
स्थानीय
ट्याग : #breaking, #सूर्यविनायक नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्