सभापति देउवालाई कास्कीका कांग्रेस नेताहरुको दबाब
पोखरा । केन्द्रीय नेतृत्वबाटै पोखरा महानगरको प्रमुख पद गुम्ने खतरा देखेपछि कास्की कांग्रेसका नेताहरू काठमाडौं पुगेका छन् । सभापति किशोरदत्त बरालसहितको टोलीले केन्द्रीय नेताहरूलाई दबाब दिने र पोखराको मेयर आफैले पाउनुपर्ने माग राख्ने छन् । टोलीमा पुर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशमन्त्री विन्दुकुमार थापासहितका नेता छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई बुधबार भेटेर पोखराको जनमतबारे स्पष्ट पारिने सभापति बरालले बताए । ‘अहिलेसम्म निर्णय भएको छैन, कांग्रेस बाहेक अरुले जित्न सक्दैन भन्ने स्थापित गराउन हामी काठमाडौ पुगेका हौँ,’ उनले भने, ‘जिल्लामा कसैले पनि मेयर छोड्न मान्दैनन्, अरुलाई दिएर चुनाव जित्न पनि सकिँदैन ।’
डेढदेखि दुई सय जना नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय घेराउ गर्ने सचिव भानु ढकालले बताए । ‘गठबन्धन गर्ने निर्णय ठिकै छ, तर जनतमतको आधारमा केन्द्रीय समितिले महानगर विभाजन गर्न लागेपछि त्यसको विरोध गरेको हो, जनमतको आधारमा विभाजन हुनुपर्छ,’ उनले भने, ‘हामी मेयर छोडेर जान सक्ने अवस्थामा छैनौँ, डालाको चामल मानामा खन्याउँदा पोखिन्छ, मानोको चामल डालोमा हाल्दा ठिक हुन्छ, पोखरामा कांग्रेस डालो हो, अरु माना हुन् ।’
उपमेयर भने गठबन्धनका कुनै दललाई दिन सकिने उनीहरूको सुझाव छ । केन्द्रीय गठबन्धनका नेताहरूको धारणाअनुसार पोखरा नेकपा एकीकृत समाजवादीको भागमा पर्न सक्ने संकेत छ । यद्यपि, यसबारे अझै निर्णय भैसकेको छैन । ‘निर्णय सच्याउनुपर्छ, नत्र हामी अस्विकार गर्छौँ, जबरजस्ती निर्णय लाद्न खोजे आफैँ निर्णय गरेर पोखरामा कांग्रेस जिताउँछौँ,’ पूर्वमन्त्री यज्ञबहादुर थापा भन्छन्, ‘प्रमुख पद छोड्नु कांग्रेसका लागि महंगो हुनेछ ।’
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार करिब १४ हजार मतान्तरले पराजित भएको पोखरामा अहिले एमालेबाट एकीकृत समाजवादीका रुपमा फुटेपछि कांग्रेसलाई जित्ने आस छ । माओवादी पनि अघिल्लो चुनावमा आफूहरूले कांग्रेसलाई सहयोग गरेको भन्दै पैँचो फिर्ता हुनुपर्ने माग राखेको छ । समाजवादीले समेत मेयरमा जित्ने दावी पेश गरेको छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्