विप्लवको बहानामा चुनाव सार्न खोजिँदै छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचनमा सहभागी गराउने बहनामा घोषित निर्वाचन सार्ने योजनामा रहेको आरोप लगाएका छन् ।
ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै चन्द नेतृत्वको पार्टीलाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउनका लागि अध्यादेशमार्फत कानुन ल्याएर निर्वाचन सार्न खोजेको भन्दै त्यो कदम राष्ट्र र जनताको विरुद्ध हुने ओलीको आरोप छ ।
‘विप्लवजीको निर्वाचनमा भाग लिन पाउनु पर्ने बहाना बनाएर चुनाव सार्न खोज्दैछ, त्यसका लागि सरकारले अध्यादेश ल्याउन लागिरहेको छ,’ ओलीको आरोप छ, ‘पाँच दलीय गठबन्धनको सिकार भएर कहीँ विप्लवजीहरू मौका पायो भने सफाइ पायो भने चुनावमा लड्ने बहाना बनाइरहनु भएको त छैन ? त्यस बहानामा ३० गते हुने निर्वाचन सार्न मिल्दैन, सार्न पाइँदैन, यो देशको विरुद्ध षडयन्त्र हुन्छ, जनताको विरुद्ध हुन्छ ।’ ओलीले चन्द नेतृत्वले उठाएका माग अविलम्ब पुरा गर्न पनि सरकारलाई दबाब दिएका छन् ।
क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्