तारकेश्वरका पत्रकार एवं समाजिक अभियन्ता कुवँर विवेकशील साझा पार्टीमा प्रवेश
काठमाडौं । तारकेश्वर निवासी सामाजिक अभियन्ता एवं पत्रकार महेशजंग कुवँर विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । कुवँरले सोमबार विवकेशील साझा पार्टीको प्रधान कार्यालय बखुण्डोलमा आयोजित एक समारोहका बीच पार्टी अध्यक्ष रवीन्द्र मिश्रबाट सदस्यता लिएका हुन् ।
दशकौँसम्म सत्तामा रजगज गरेका पार्टीहरुले मुलुक र समाजको रुपान्तरण गर्न नसकेको भन्दै कुँवरले विवेकशील साझा पार्टीको नेतृत्वबाटमात्र परिवर्तन र रुपान्तरण गर्न सकिने धारणा राखे ।
काठमाडौंको उत्तरी भू–भागमा पर्ने तारकेश्वर नगरपालिका राजधानीकै जिल्लामा हुँदापनि विकासका सन्दर्भमा धेरै पछि परेको भन्दै कुँवरले व्यक्तिगत प्रयासबाट मात्र रुपान्तरण गर्न नसकिने देखिएकाले इमानदार राजनीतिक संगठनमा जोडिएको प्रतिक्रिया दिए ।
सो अवसरमा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कुँवरजस्ता हजारौँ इमानदार र स्वच्छ छवी भएका सदस्य पार्टीलाई आवश्यक भएको बताए ।तारकेश्वर नगरपालिका– १ स्थायी घर भएका कुँवर लामो समयदेखि पत्रकारिता र सामाजिक अभियानमा सक्रिय छन् । नागरिक विकास समाजका अध्यक्ष समेत रहेका कुँवर बहुदल आएसँगै नेपाली काँग्रेस, राप्रपा लगायत पार्टीको महत्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन् ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्