Techie IT
शनिबार, जेठ २३,२०८३

गठबन्धन सरकारले अर्थतन्त्र धरासायी बनायो : केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा जारी आर्थिक संकटतर्फ लक्षित गर्दै यस्तो भनेका हुन्।

‘देउवा नेतृत्वको सरकारले नौ महिनामै देशलाई कंगाल बनायो,’ उनले भने, नेपाल उर्वर देश हो। यहाँका जनता मिहिनेती छन्। तर गठबन्धन सरकारले अर्थतन्त्र धरासायी बनायो।’

उनले अर्थतन्त्र धरासायी भयो भनेर गभर्नर महाप्रसाद अधिकारीले सही सुझाव दिँदा निलम्बन गर्नु दुखद भएको बताएका छन्। सरकारले आफ्नो कमजोरी लुकाउने प्रयास गरेको ओलीले बताए।

ओलीले फरक प्रसंगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मिएको बताएका छन्।

ओलीले प्रचण्ड र नेपाल कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न जन्मिएको बताएका हुन्। उनले प्रचण्ड र नेपाल दुवै आफू पनि सकिएर कम्युनिस्ट आन्दोलनलाई पनि ध्वस्त पार्ने बताए।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्