म प्रधानमन्त्री हुँदा कृतिमानी कायम गरेको छु : ओली
गलकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झोलुङ्गे पुल, बाटोघाटो र तुइन हटाउने काममा कृतिमानी कायम गरेको बताएका छन् ।
शनिबार एमाले बागलुङको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले बजेट नभएको भन्दै योजना कटौती गर्नबाहेक अरु केही गर्न नसकेको आरोप लगाए ।
यसैबीच अध्यक्ष ओलीले एमाले पर्वतले कुश्माबजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गरेका छन् । उनले हरेक जिल्ला र बस्तीमा एमालेको पक्षमा माहोल बढेको दाबी गरे । अध्यक्ष ओलीले कुश्मामा रेलको स्टेशन बन्न सक्ने तर्क गर्दै भने, ‘यहाँ रेलमार्ग, सुरुङमार्ग पनि क्रमशः बन्दै जान्छन् ।’ सो अवसरमा उनले रक्सोल–काठमाडौं रेल र केरुङ–काठमाडौं रेलमार्ग निर्माण प्रक्रिया सुरु भइसकेको बताए ।
आफ्नो कार्यकालमा तुइन विस्थापन, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत अनेक स्वरोजगार र कृषिको आधुनिकीकरण, सघन सहरी विकास, डिजिटल नेपाललगायत कार्यक्रम सञ्चालन गरेको अध्यक्ष ओलीको दाबी थियो ।
उनले नेपाल विकासको मार्गमा अत्यन्तै तीव्रताका साथ अघि बढेको बताउँदै धरहरा, रानीपोखरी, अस्पताल, स्वास्थ्यचौकी, विद्यालय, सिँचाइ, घर–घरमा धारा बनिरहेको उल्लेख गरे ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्