नेपाली कांग्रेस काठमाडौ वडा नं ४ को सम्पर्क कार्यलय उद्घाटन
काठमाडौ । नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ५ महानगर समिति वडा नम्बर ४ को पार्टी सम्पर्क कार्यालय आज एक औपचारिक कार्यक्रमका साथ उद्घाटन भएको छ।
वडा सभापति रामप्रसाद न्यौपानेको सभापतित्व र नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथि क्षेत्रीय सभापति श्याम बहादुर खड्कको उपस्थिति रहेको थियो
कार्यालय स्थापना गर्दै प्रमुख अतिथि महतले आगामी स्थानिय तहको निर्वाचनका लागि वडा बाट नै सहमतिमा उम्मेदवारको टुङ्गो लगाउन , निर्वाचनमा सबै एकजुट भइ पार्टीलाई विजय गराउनका लागि सबै कार्यकर्ता क्रियाशिल सदस्य लाग्नुपर्ने बताउनु भयो ।
स्थानीय चुनावलाई लक्षित गर्दै “घर घर जाऔं काङ्ग्रेस जिताऔं ” अभियानकै रूपमा देशैभर नेपाली काङ्ग्रेसले संचालन गरिरहदा ,नेपाली काङ्ग्रेस काठमाडौ वडा नं ४ कार्य समितिले नेता र कार्यकर्ताको भेटघाटलाई सहज एवं प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउन वडा कार्यसमितिको कार्यलयको शुभारम्भ गरिएको पार्टीका वडा सभापति राम प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
अनेकौ आरोह अवरोह चिर्दै अब काङ्ग्रेस समग्र वडा एक ढिक्का भयर जनताको सेवक बन्नेस बताए ।अब पार्टीका कुनै पनि कुराहरु भए चिया पसल र चोक चोकमा नभई पार्टीको कार्यालयमा आएर नेतृत्वकर्ताहरुलाई भन्न आग्रह गरे ।
उद्घाटन समारोहमा नेपाली काग्रेसका वडा नगर , प्रदेश सभा र क्षेत्रका नेताहरुका साथै वडा नं ४ का कृयाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा जेष्ठ नागरिक अम्बिका श्रेष्ठलाई प्रमुख अतिथि बाट खादा लगाएर सम्मान गरिएको थियोे
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्