पाँचदलीय गठबन्धन कुहिएको छ : ओली
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् ।
‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँंगै गठबन्धन छुट्न थाल्छ ।’
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गरेनन् ।
तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो । अध्यक्ष ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे । चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो ।
विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेको उनले औँल्याए । स्थानीय निर्वाचन आउन लागेको र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए ।
‘मेरो टेम्पो उड्यो भने म तपाईलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घोषणापत्र हुन्छ,’ उनले भने, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ ।’ एमालेको घोषणापत्र जनतासँंग मिलेर गर्नसक्ने कुराहरू राखेर मात्र बनाइने उनले दाबी गरे ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्