तरुण दलका अध्यक्ष विद्वान गुरुङले गरे पदभार ग्रहण
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदभार ग्रहण गरेका छन् । तरुण दलको केन्द्रीय कार्यालय रवि भवनमा सोमबार गुरुङले पदभार ग्रहण गरेका हुन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनित गरेका थिए । यसअघि अध्यक्ष रहेका जितजंग बस्नेत पार्टीको केन्द्रीय सदस्य बनेसँगै तरुण दल नेतृत्व विहीन बनेको थियो।
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन ३ मा नेविसंघ र तरुण दलसहित १० भ्रातृ संस्था विघटन गर्दै सबै पक्षसँग परामर्श गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने जिम्मा सभापति देउवालाई दिएको थियो। सभापति देउवाले चैत ९ गते गुरुङलाई अध्यक्ष मनोनित गरेका थिए ।
तरुण दलको नेतृत्व पाएका पर्वतका विद्वान गुरुङ यसअघि विघटित केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष थिए। उनले कोषाध्यक्ष रहँदा पनि पार्टीको हितका लागि काम गरेका कारण स्थानीय तहको पूर्वसन्ध्यामा नेतृत्व पाएपछि देशभरका तरुणहरूलाई पार्टीको पक्षमा गोलबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्याटेगोरी : राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्