काँग्रेस र माओवादी परित्याग गरी बूढानीलकण्ठमा दर्जन बढी एमालेमा प्रवेश
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटि सदस्य एबम काठमाण्डौ क्षेत्र नम्बर ४ का नेकपा एमालेका संघीय साम्सद पदका उमेद्वार डा राजन भट्टराईले नेकपा एमाले जे बोल्छ तेही गर्ने पार्टी भएको बताएका छन्। नेकपा एमाले सरकारमा हुँदा एउटा र बाहिर हुँदा अर्को कुरा गर्ने दहि चिउरे पार्टी नभएको बताउदै उनले राष्ट्रियताका सबालमा एमालेको धारणा संधै एकनाश रहेको बताएका छन्।
एमालेको नेतृत्वमा देशले एकमतले चुच्चे नक्शा पाश गरेको भन्दै उक्त जमिन फिर्ता लिन समेत एमाले निरन्तर सक्रिय रहेको दावी गरेका छन्। त्यसै कारणले पनि सम्पूर्ण देशी बिदेशी शक्तिहरु एमालेलार्इ घेराबन्दी गर्न लागेको उनले आरोप लगाए। एमाले जनताको पार्टी रहेको भन्दै हिमाल पहाड तराई सबैतिर एमाले प्रवेशको लहर चलेको उनको भनाइ छ।
नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं.१० द्वारा आयोजित उक्त कार्यक्रममा वडा कमिटी अध्यक्ष जगत निरौला , वडाध्यक्ष एबम नगर प्रवक्ता नवराज भट्टराई, प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी लगायतले आफ्नो विचार राखेका थिए। उक्त कार्यक्रममा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी १३ जना नेकपा एमालेमा प्रवेश गरेका थिए।
पार्टी प्रवेश गर्नेहरुमा बलबहादुर विश्वकर्मा, दिनेश सुनार, विवेक गजमेर, आकाश सुनार, रमेश गजमेर, विशाल वि।क।, दीपा राई, एलम राई, करण वि।क।, केशव पुरी, विक्रम सेन्चुरी, पूर्ण बहादुर सुनुवार र रमेश सुनार रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्