महत्वाकांक्षी योजना अघि सार्दै काठमाडौंको मेयर बन्छु भन्ने नेकपा (एकीकृत समाजवादी) का श्रेष्ठ को हुन ?
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा रामेश्वर श्रेष्ठ उठ्ने भएका छन् । उनी पार्टीको महानगर कमिटीको अध्यक्ष र पार्टी केन्द्रीय सदस्य पनि हुन् ।
लामो समयदेखि राजनीति गर्दै आएका उनी यसअघि पार्टीमा आन्तरिक विवाद हुँदा पनि पार्टीको पक्षमा निकै सक्रिय थिए । जनतामाझ निकै लोकप्रिय मानिएका उनी इमानदार नेताका रुपमा पनि चिनिन्छन् ।
जनताको हरेक दुःखमा साथ दिँदै आफ्नो तर्फबाट सक्दो पहल गर्दै आएका उनलाई पार्टीले पनि काठमाडौंको बलियो खम्बाको रुपमा हेरेको छ । ‘मैले जनताको पक्षमा धेरै काम गरेकाले मेयर जित्छु भन्नेमा म ढुक्क छु’ उनले भने ‘मैले मेयर भएपछि के गर्ने भन्ने योजना अघि सारिसकेको छु ।’ उनले काठमाडौलाई कसरी व्यवस्थित गर्ने भन्ने योजना पनि बनाइसकेका छन् । उनले काठमाडौंमा समाजवादीको राम्रो संगठन भएकाले जित्ने आधार प्रशस्तै भएको स्पष्ट पारेका छन् ।
उनी हिजो एमालेमा रहँदा युथ फोर्सको भ्याली इन्चार्ज र नेकपा हुँदा प्रदेश कमिटी सदस्य पनि थिए । उनले संविधानले प्रत्याभूत गरेको शिक्षा र स्वास्थ्यको मौलिक हकको विषयलाई कार्यान्वयन गर्ने योजना अघि सारेका छन् ।
श्रेष्ठले सामुदायिक विद्यालयलाई निजीसरह बनाई शैक्षिक गुणस्तरीय बनाउने, बेरोजगार युवायुवती रोजगार प्रदान गर्ने, वाइफाई फ्रि गर्ने र खुल्ला स्पेश उपलब्ध गराउने, फोहोर व्यवस्थापन गर्ने, दीगो सहरी विकासको योजना अघि सार्ने, काठमाडौलाई हरित नगर बनाउने, काठमाडौंमा इलेक्ट्रोनिक्स बस सञ्चालन गर्ने, पर्यटक भित्रयाउने योजना बनाउने, सवारी व्यवस्थापन गर्दै सवारी जाम घटाउन प्रयत्न गर्ने, नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी एक परिवार एक इन्डक्सन चुल्हो वितरण गर्नेलगायतका महत्वपूर्ण योजना अघि बढाउने बताएका छन् ।
काठमाडौंमा खानेपानीको अभावलाई घटाउन छिटो ढंगले शुद्ध पानी वितरण गर्ने, अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्ने पनि जनाएका छन् । उनले आफ्ना योजना धेरै भएकाले अहिले नै प्रचार गर्दा अरुले पनि ती योजना अघि सार्ने भएकाले पनि थोरैमात्र जनाकारी गराइएको बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रामेश्वर श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्