नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा रक्तदान
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको अवसरमा महाधिवेशनस्थल भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । नेविसङ्घ के यु मेडिकल कमिटीको समन्वयमा नेविसङ्घ क्षेत्र नं ५ धनगढी कैलालीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।‘रक्तदान जीवन दान’ भएकाले महाधिवेशनमा सहभागीले चाहेको अवस्थामा रक्तदान गर्न सकून् र कसैलाई तत्काल रगतको आवश्यकता भएमा त्यसको परिपूर्ति गर्न सकियोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको नेविसङ्घ क्षेत्र नं ५ धनगढीका अध्यक्ष गजेन्द्र शाहीले बताउनुभयो ।
महाधिवेशन उद्घाटनको अवसरमा आज एक दिनका लागि भनिए पनि रक्तदान गर्न इच्छुकको सङ्ख्या बढ्न गएमा भोलि–पर्सि पनि कार्यक्रम सञ्चालन गर्न सकिने उहाँँको भनाइ छ । यसैगरी महाधिवेशनस्थलमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ ।
सांसद जिपछिरिङ लामाको सक्रियतामा महाधिवेशनमा आएका प्रतिनिधिका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको बताइएको छ । शिविरमा सामान्य ज्वरो आएका, टाउको दुखेकालाई निःशुल्क औषधिको पनि व्यवस्था गरिएको सांसद लामाले जानकारी दिनुभयो । शिविरमा डा राजेन्द्र श्रेष्ठ नेतृत्वको टोली खटाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेसको १४ औँ महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्