बुहारी जिताउन शेखरले मृदुलालाई हराइदिए
विराटनगर, ११ मंसिर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङमा लामो समयदेखि राजनीति गर्दै आएका नेताहरूलाई हराइदिएका छन् ।
आफ्ना नातागोतालाई जिताउन शेखरले कांग्रेसका राम्रा र असल नेताहरूलाई महाधिवेशन प्रतिनिधिमै हराइदिएका हुन् । शेखरको यो हर्कत देखेपछि मोरङ कांग्रेसका नेताहरू सशंकित बनेका छन् ।
शेखरले आफ्नै घरकी बुहारीलाई जिताउन नेतृ मृदुला कोइरालालाई महाधिवेशन प्रतिनिधिमा हराएको चर्चा विराटनगरमा छ । शेखरकै टिमबाट मृदुला महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेकी थिइन् । बुहारीलाई जिताउनु पर्ने भएपछि शेखरले मृदुलालाई महाधिवेशन प्रतिनिधिमा हराइदिएको मोरङ कांग्रेसमा चर्चा छ ।
४५ वर्ष अगाडि नेतृ मृदुलाले विराटनगरको क्याम्पसबाट नेविसंघको उपाध्यक्ष बनेर सक्रिय राजनीति गरेकी थिइन् । कांग्रेस कोइराला परिवारकै नेतृ मृदुलालाई समेत हराउन सक्ने आँट राख्ने शेखरले अरु नेतालाई के गर्लान् भनेर प्रश्न उठेको छ ।
नेतृ मृदुलालाई स्व.गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको विश्वासपात्र थिइन् । कोइराला परिवारभित्रै यति ठूलो खेलकुद गरेपछि शेखरमाथि मोरङमा अविश्वास बढेको छ । शेखरसँग ‘हामी असुरक्षित छौं’ भनेर नेता कार्यकर्ताहरू चिन्तित बनेका छन् ।
कोइराला परिवार भनेर हिँडेका करीव २० जना नेताहरूलाई शेखरले मोरङमा महाधिवेशन प्रतिनिधिमा हराइदिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्