ओलीले प्रचण्डलाई सोधेः किन शान्ति प्रक्रिया टुंगो लगाउनु हुन्न ?
काठमाडौँ, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगो लगाउन नखोजेको बताएका छन् ।
शुक्रबार चितवनको नारायणी नदी किनारमा एमालेको दशौँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधनका क्रममा माओवादी अध्यक्ष प्रचण्डलाई किन शान्ति प्रक्रिया टुंगो नलगाएको भनि प्रश्न गरेका छन् ।
‘अहिले पनि किन शान्ति प्रक्रिया टुंगो लगाउनु हुन्न? घाइतको उपचार र समस्यामा परेकालाई किन उपचार गर्नुहुन्न ? घरबार बिहीन भएकालाई रोजगार किन दिनुहुन्न ?,’ ओलीले भने, ‘हामी सरकारमा भएपछि पूर्व लडाकुको व्यवस्थापन गर्ने गर्छौ । अब एमालेमा दशौं हजार पूर्वलडाकु प्रवेश गराउँछौ। एमाले तपाईंको पार्टी हो ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्