महाधिवेशन तयारीका लागि एमाले स्थायी कमिटी बस्दै
नेकपा एमाले को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न सो पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गरिने तयारी छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने बैठकले महाधिवेशनको तयारीबारे पनि छलफल गर्नेछ । महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।
एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदैछ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्