गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यभार
राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिडर्स सम्मेलनमा सहभागी हुन आज बेलायततर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सम्हाल्ने गरी खाँणलाई प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा सो जानकारी दिइएको छ । प्रधानमन्त्री देउवा यही कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #गृहमन्त्री बालकृष्ण खाँण, #राष्ट्रपति विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्