एमाले गोदावरी नगर अध्यक्षमा थापा सर्वसम्मत
नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ ।
अधिवेशनले नन्दश्यमा महर्जनलाई उपाध्यक्ष, मिथुन महर्जनलाई सचिव तथा राजेन्द्र न्यौपाने र नमि सिलवाललाई उपसचिवमा चयन गरेको छ ।
ललितपुर महानगरपालिकामा आस्था शाक्य, महालक्ष्मी नगरपालिकामा हरिगोविन्द श्रेष्ठ, महाँकाल गाउँपालिकामा पुरुषोत्तम हुमागाईँ, कोञ्ज्योसोम गाउँपालिकामा कविन्द्र स्याङ्बा र बागमती गाउँपालिकामा नवराज सञ्जेलको अध्यक्षतामा किमिटी सर्वसम्मत चयन गरिएको नेकपा (एमाले) ललितपुरले जनाएको छ ।
मेलम्चीमा फेरि स¥यो नगर अधिवेशन सिन्धुपाल्चोक : नेकपा (एमाले) मेलम्ची नगरपालिकाको पहिलो नगर अधिवेशन फेरि सरेको छ । यसअघि कात्तिक १३ गते गर्ने तय भएको अधिवेशन प्राविधिक कारण देखाउँदै कात्तिक १५ गतेका लागि सारिएको छ ।
नगर अधिवेशन आयोजक कमिटीको मङ्गलबार मेलम्ची बजारमा बसेको दोस्रो पूर्ण बैठकले सो निर्णय गरेको हो । नगर संयोजक डम्बरबहादुर अर्यालले आन्तरिक तयारी नसकिएका कारण नगर अधिवेशन सारिएको जानकारी दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##एमाले, #गोदावरी नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्