सङ्खुवासभा काङ्ग्रेस : प्रदेश “क” काे सभापतिमा राई सर्वसम्मत हुने, घलेले छाडे
प्रदेश ख मा क्षेत्रीय सभापतिमा दीपेन्द्रमान शाक्य सर्वसम्मत हुने,
सङ्खुवासभा काङ्ग्रेसकाे प्रदेश क काे सभापति पदमा देउमान राई सर्वसम्मत हुने भएका छन् ।
मङ्गलबार विहान नेताहरू बीच भएकाे छलफल पछि अर्का सभापतिका उम्मेदवार टकमान घलेले उम्मेदवारी नदिने भएका हुन् । सभापति दिपनकुमार श्रेष्ठ, पूर्व राज्यमन्त्री दिपक खड्का र क्षेत्रीय सभापतिका आकांक्षी टकमान घलेवीच भएको सहमति पछि घलेले उम्मेदवारी फिर्ता लिएका छन्।

सभापति दिपनकुमार श्रेष्ठको पहलमा मंगलबार विहान तीन नेतावीच छलफल भएको थियो । सभापति श्रेष्ठको निवासमा पत्रकारहरूसग बोल्दै श्रेष्ठले बलियो काग्रेस बनाउन भएको यो सहमति ऐतिहासिक भएको बताउनु भएको छ । उहाले अब सबै तहमा सर्वसम्मत चयन हुने प्रयत्न भइरहेको जानकारी दिनुभएको छ । पूर्वराज्यमन्त्री खड्काले जुनसुकै परिस्थितिमा पार्टीलाइ एक ढिक्का बनाएर लैजानुको विकल्प नरहेको बताउनु भएको छ । खड्काले सवै नेता कार्यकर्ताको भावनाको सम्मान गरि मिलेर अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । क्षेत्रीय सभापतिका प्रत्याशी टकमान घले जिल्ला समितिमा सचिव हुने भएका छन् । घलेले पार्टीलाई गुटबन्दि हुन नदिइ सबै बाट एक हुनु पर्नेमा जोड दिएका छन् ।
उता प्रदेश ख मा क्षेत्रीय सभापतिमा दीपेन्द्रमान शाक्य सर्वसम्मत हुने देखिएको छ । यसैगरि संखुवासभाको जिल्ला कार्यसमिति चयन पनि सर्वसम्मत ढंगबाट हुने संभावना बढेको सभापति श्रेष्ठको आकलन छ । अहिलेसम्म जिल्ला सभापतिमा दिपक खड्का र मुक्तिसिंह राईको मात्र घोषणा यथावत छ । दिपनकुमार श्रेष्ठ र रामकुमार जिमि ले सभापतिको उम्मेदवारीबाट नाम फिर्ता लिइसकेका छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्