सभापतिमा पूर्व मन्त्री खड्कालाई बर्तमान सभापति श्रेष्ठको समर्थन
खड्काको नेतृत्वले संखुवासभा कांग्रेस बलियो र हुन्छ- सभापती श्रेष्ठ

सङ्खुवासभा नेपाली काङ्ग्रेसकाे जिल्ला सभापतिमा वर्तमान सभापति दिपनकुमार श्रेष्ठले पूर्व राज्यमन्त्री दिपक खड्कालाई साथ दिने हुनुभएको हो । खड्का र श्रेष्ठ बीच अाइतबार साझ भएकाे भेटवार्ता पछि श्रेष्ठले पूर्वमन्त्री खड्कालाई सघाउने भएकाे हाे ।
सभापतिका उम्मेदवार श्रेष्ठले पाटिलाई माथि उठाउन खड्काकाे नेतृत्व अपरिहार्य भएकाे बताउनुभयो । पूर्वमन्त्री खड्का जी मेराे उम्मेदवार हाे, उहाँले भन्नुभयो, मैले १५ असाेजमा हुने जिल्ला अधिबेशनमा उहाँलाई सघाउने हाे, यसमा दुई मत छैन । सभापति श्रेष्ठले भन्नुभयो, उहाँकाे नेतृत्वले सङ्खुवासभा काङ्ग्रेस बलियाे र दर्हाे हुने छ । अब खड्का र मुक्तिसिह राई बीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि गाउँ र नगर अधिवेशन सम्पन्न भएको छ। अहिलेको अधिवेशनमा राज्यमन्त्री खड्का र सभापति दिपनकुमार श्रेष्ठको समुह एक भएको हुदा प्राय पालिकामा यो समूह निकटको जित भएको छ ।
पूर्वराज्यमन्त्री खड्कालाई जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, पूर्व साम्सद टङ्कप्रसाद राई, पूर्वसभासद पासाङ शेर्पा, महेश थपलिया, जनक थापा,वीना पाैडेल, उषा कार्की, अनन्तकुमार गाैली, मिङ्मा शेर्पा समेतका नेताहरूकाे साथ र सहयाेग छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #दिपक खड्का, #दिपन कुमार श्रेष्ठ, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्