सभापतिमा पूर्व मन्त्री खड्कालाई बर्तमान सभापति श्रेष्ठको समर्थन
खड्काको नेतृत्वले संखुवासभा कांग्रेस बलियो र हुन्छ- सभापती श्रेष्ठ
सङ्खुवासभा नेपाली काङ्ग्रेसकाे जिल्ला सभापतिमा वर्तमान सभापति दिपनकुमार श्रेष्ठले पूर्व राज्यमन्त्री दिपक खड्कालाई साथ दिने हुनुभएको हो । खड्का र श्रेष्ठ बीच अाइतबार साझ भएकाे भेटवार्ता पछि श्रेष्ठले पूर्वमन्त्री खड्कालाई सघाउने भएकाे हाे ।
सभापतिका उम्मेदवार श्रेष्ठले पाटिलाई माथि उठाउन खड्काकाे नेतृत्व अपरिहार्य भएकाे बताउनुभयो । पूर्वमन्त्री खड्का जी मेराे उम्मेदवार हाे, उहाँले भन्नुभयो, मैले १५ असाेजमा हुने जिल्ला अधिबेशनमा उहाँलाई सघाउने हाे, यसमा दुई मत छैन । सभापति श्रेष्ठले भन्नुभयो, उहाँकाे नेतृत्वले सङ्खुवासभा काङ्ग्रेस बलियाे र दर्हाे हुने छ । अब खड्का र मुक्तिसिह राई बीच प्रतिस्पर्धा हुनेछ ।
यसअघि गाउँ र नगर अधिवेशन सम्पन्न भएको छ। अहिलेको अधिवेशनमा राज्यमन्त्री खड्का र सभापति दिपनकुमार श्रेष्ठको समुह एक भएको हुदा प्राय पालिकामा यो समूह निकटको जित भएको छ ।
पूर्वराज्यमन्त्री खड्कालाई जिल्ला सभापति दिपनकुमार श्रेष्ठ, पूर्व साम्सद टङ्कप्रसाद राई, पूर्वसभासद पासाङ शेर्पा, महेश थपलिया, जनक थापा,वीना पाैडेल, उषा कार्की, अनन्तकुमार गाैली, मिङ्मा शेर्पा समेतका नेताहरूकाे साथ र सहयाेग छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #दिपक खड्का, #दिपन कुमार श्रेष्ठ, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्