एमालेको स्थायी कमिटी : माओवादी सहित ८ नेता थपिए
एमालेका चार र माओवादीबाट एमाले प्रवेश गर्नुभएका चार नेतालाई नेकपा एमालेको स्थायी कमिटीमा थप गरेको छ । आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले एमालेका चार र माओवादीबाट एमाले प्रवेश गर्नुभएका चार नेतालाई स्थायी कमिटीमा थप गर्ने निर्णय गरेको हो ।
रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल, रघुजी पन्त र माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा स्थायी कमिटी सदस्यमा थपिनुभएको हो ।
महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाहीसमेत निष्क्रिय भएको पार्टी प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताउनुभयो । त्यस्तै सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमालेको स्थायी कमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्