प्रधानमन्त्रीको सम्वोधनः कोभिडका १९ को महामारीमका बाबजुद पनि २०७७ साार्थक नै रह¥यो
सीता पौडेल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिदै कोभिड १९ को महामारीका बाबजुद पनि २०७७ साार्थक
नै रहेको दावी गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा नेपाल टेलिभिजनबाट सम्पूर्ण नेपालीहरुलाई प्रत्यक्ष सम्वोधन गदै प्रधानमन्त्री ओलीले सो दावी गरेका हुन् ।
कोरोना कहरविच पनि नेपालमा सरकारका तर्फबाट धेरै सकारात्मक एवम् विकास निर्माण र जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष लाभ हुने धेरै काम भएको दावी गदै प्रधानमन्त्री ओलीले भने, ‘ कोभिड १९ को प्रतिकुल अवस्थामा पनि हामीले धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । यसलाई असफल होइन, सफल वर्ष नै मान्नुपर्छ ।’
हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काउनु , मेलम्चीलाई काठमाडौं वासीका धारामा पुर्याउनु लगायतका राम्रा कामहरुमा सरकारले सार्थकता पाएको उनको दाबी छ ।
साथै सरकारले सही नीतिहरुको अवलम्बनबाट कोभिड १९ को क्षति न्यूनीकरण गर्न सफल भएको पनि उनको भनाई छ ।
प्रधानमन्त्री आलीले भने ‘ हामीले धेरै आशा जगाउने काम गरेका छौं । केही पनि भएन भनेर जनतामा असन्तुष्टि जगाउने प्रयास भए पनिसरकार विचलित भएन । सरकारका क्रियाकलापप्रति भरोसा जगाउने कामहरु लगातार गर्यौं,’ आलीले भने ।
कोरोना भाइरसको पुनः प्रभाव बढ्न थालेको भन्दै प्रधानमन्त्रीले जनतालाई सजकता अपनाउन आग्रह समेत गरेका छन् ।०७७ सालको पीडा यस वर्ष दोहोरिन नपाओस् भन्दै प्रधानमन्त्रीले भने , यसको प्रभावलाई न्युनिकरण गर्न हामी सजग हुनु पर्छ । यसर्थ पनि सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना गर्न म सबैमा आग्रह गर्छु । ’
क्याटेगोरी : राजनीति
ट्याग : ##प्रधानमन्त्रीको सम्वोधनः, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्