एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यताबाट छ महीना निलम्वन
नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यताबाट छ महीनाका लागि निलम्वन गर्नुभएको छ । अध्यक्ष ओलीले उहाँहरु दुवै जनालाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि निलम्वन गर्नुभएको हो ।
दुवै जनालाई निलम्वन गरिएको पत्र पठाइएको छ । “पार्टीले सोधेको स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटि स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएकाले पार्टी विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (ख) बमोजिम छ महीनाका लागि दशाँै महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी (प्रतिनिधिसभा सदस्य) बाहेक पार्टी सदस्यताबाट निलम्वन गरिएको छ”, पत्रमा भनिएको छ ।
अध्यक्ष ओलीले दुवै जनालाई सच्चिनका लागि अन्तिम मौकासमेत दिनुभएको पत्रमा उल्लेख गरिएको छ । पार्टीले सोधेको स्पष्टीकरण यही चैत १७ गते दुवै नेताले बुझाउनुभएको थियो । यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भीमबहादुर रावललाई पनि सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि छ महीनाका लागि पार्टीको सदस्यताबाट निलम्वन गरिएको थियो ।
यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै पार्टीका नेता नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरु चारै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको धारा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोध्नुभएको थियो ।
क्याटेगोरी : राजनीति
ट्याग : #घनश्याम भुसाल र सुरेन्द्र पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्