राप्रपाका केन्द्रीय सदस्य पाण्डे एमालेमा प्रवेश
काठमाडौं, १८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उप–प्रधान एवम् एमालेका महासचिव ईश्वर पोखरेलले पाण्डेलाई एमालेमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा कर्णाली एमालेका अगुवा नेताहरूको उपस्थितिरहेको थियो ।
नवप्रवेशी राप्रपाका केन्द्रीय सदस्य पाण्डेले कमल थापा र उनको समूहले जनतालाई झुक्काएको आरोप लगाए । उनले राप्रपामा रहेर केही पनि गर्न नसकिने भएपछि एमालेमा प्रवेश गरेको बताएका छन् ।
उप–प्रधान एवम् एमालेका महासचिव पोखरेलले नवप्रवेशी पाण्डेललाई ईमान्दार भएर पार्टीमा काम गर्न निर्देशन दिए । पोखरेलले क्षमताका आधारमा एमालेले पाण्डेलाई जिम्मेवारी दिने आश्वासन दिएका छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्