युवा संघको अध्यक्षमा सिंह (को के भए, पदाधिकारी सहित)
राष्ट्रिय युवा संघ
काठमाडौं । राष्ट्रिय युवा संघको अध्यक्षमा वचनबहादुर सिंह चयन भएका छन् । पार्टी विभाजनपछि काठमाडौमा बसेको संघको दोस्रो बैठकले सिंहलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संघले पार्टी एकतापछिका संयोजक रामप्रसाद सापकोटा दिपशिखालाई कारवाही गरेर सिंहलाई अध्यक्षमा चयन गरेको हो ।
युवा संघ र वाईसीएल एकीकरण हुनुअघिका अध्यक्ष र एकीकरणपछिका सहसंयोजक रमेश पौडेलले विदा लिएका छन् ।
बैठकले युवा संघको सह–अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । सिंह जेठ १६ गतेसम्म अध्यक्ष रहने र त्यसैदिन उनी ४० वर्ष पुग्ने भएकाले त्यसपछि किरण पौडेल स्वतः अध्यक्ष हुने समझदारी बनेको छ ।
त्यस्तै राष्ट्रिय युवा संघको महासचिवमा रमेश आचार्य चयन भएका छन् ।
युवा संघका इन्चार्ज महेश बस्नेतले अध्यक्षका दाबेदारहरु रमेश पौडेल, किरण पौडेल र वचनबहादुर सिंहबीच सहमति जुटाउन केही दिनदेखि निरन्तर प्रयास गरेका थिए ।
युवा संघका पदाधिकारी
अध्यक्ष– वचनबहादुर सिंह
सह(अध्यक्ष– किरण पौडेल
उपाध्यक्ष– सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी
महासचिव– रमेश आचार्य
उपमहासचिव– रामजी सापकोटा र रमेश तिवारी
सचिव– सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई
कोषाध्यक्ष– मुकेश बुढाथोकी
सह(कोषाध्यक्ष– राकेश लामा र हिमेश केसी
निर्वाचन आयोग प्रमुख– बाबुराम पाण्डे
लेखा आयोग प्रमुख– सुदीप सापकोटा, उपप्रमुख– प्रल्हाद प्रधान
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्