निर्मला पन्त जस्तै भागरथी भट्टको घटनामा गैरजिम्मावार नबन्न प्रचण्ड र नेपालको सरकारलाई आग्रह
भागरथी भट्ट
काठमाडौँ, २४ माघ ः नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले वैतढीका वालिका भागरथी भट्टलाई वलत्कार पछि हत्या गर्नेलाई कारवाहीको माग गरेका छन ।
आज विज्ञप्ति जारी गर्दै दुवै जनाले विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै भट्टलाई वलत्कार गरी हत्या गरिएको घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गर्नु भएको छ ।
अस्ति विहीबार माघ २२ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं। ७ चडेपानी निवासी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भएको थियो । उक्त घटनाले आफू स्तब्ध र मर्माहत भएका बताउनु भएको छ ।
विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गरेको उहाँहरुले उल्लेख गर्नु भएको छ ।
डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ । उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
दुवैले भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीका तर्फबाट शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नु भएको छ ।
क्याटेगोरी : राजनीति, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्