अनेरास्ववियुमा सर्कुलर जारी गरेपछि विवाद
काठमाडौँ, १८ असोज ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूमा विवाद देखिएको छ ।
अनेरास्व्वियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामागले आफूहरुसंग सल्लाह नै नगरि एकताको प्रक्रिया टुग्याउने गरी सर्कुलर जारी गरेपछि वरिष्ठ नेता माधवुकमार नेपाल समूह विद्यार्थी नेताले असन्तुष्टि व्यक्त गरेको छन् ।
अनेरास्वविुका नेता सुदेश पराजुली, आरती लामा र ओसिम आलमले आफ्नो समूह निकट जिल्ला नेतृत्वलाई हटाइएको विवाद समाधान नगरी एकता प्रक्रिया टुंग्याउन खोजेको भन्दै असन्तुष्टि राखेका हुन् ।
संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले असोज मसान्तभित्र जिल्ला, क्याम्पस र मातहत कमिटीको एकता प्रक्रियालाई पूर्णता दिन १५ असोजमा जारी गरेको सर्कूलरप्रति असन्तुष्टि राख्दै उनीहरुले ‘नोट अफ डिसेन्ट’ राख्ने तयारी गरेका छन् । आजै उनीहरुले नेकपाले तोकेको विद्यार्थी फाँट ईन्चार्ज हितमान शाक्य र सहईन्चार्ज विनोद ढकाललाई भेटेर नोट अफ डिसेन्ट राख्ने तयारी गरेका हुन् ।
तत्कालीन अनेरास्ववियुका सचिव पराजुलीले बारा, दाङ, महोत्तरी, गोर्खा, मनाङ, दार्चुला, कैलाली, हुम्ला, जुम्लालगायतका जिल्लाहरुमा निर्वाचित नेतृत्वलाई हटाएर संयोजक महरले एकलौटी जिल्ला संयोजक र सहसंयोजक तोकेको र अहिले उनीहरुकै नेतृत्वलाई वैधानिकता दिनेगरी एकता प्रक्रिया टुंग्याउन सर्कूलर जारी गरेकाले विद्यार्थी फाँट ईन्चार्ज र सहईन्चार्जमार्फत नोट अफ डिसेन्ट राख्न लागिएको विद्यार्थी नेता सुदेश पराजुलीले जानकारी दिए ।
‘पार्टीको तत्कालीन फ्याक्सन कमिटीले ती जिल्लाहरुमा निर्वाचित कमिटीबाटै वरिष्ठतालाई आधार मानेर जिल्ला संयोजक र सहसंयोजक तोक्ने मापदण्ड बनाएको थियो तर त्यो मापदण्डअनुसार टुंग्याउँदा महरजीले हाम्रो समूहसँग नजिक रहनु भएका साथीहरु नेतृत्वमा आउने देखेपछि मनोमानी तरिकाले कमिटीमै नभएका बाहिरका विद्यार्थीहरुलाई संयोजक र सहसंयोजक तोक्ने काम गर्नुभो’, असन्टुष्ट समूहका नेता पराजुलीले भने,‘तत्कालीन एमाले समूहभित्रकै विवाद समाधान गर्नुको सट्टा त्यही मनोमानी निर्णयलाई सदर हुनेगरी सर्कूलर जारी गरिएकाले विधिविपरितको एकमनावादी निरंकुश शैलीविरुद्ध हामीले नोट अफ डिसेन्ट लेख्न लागेका हौं ।’
उनले दुई समूह९तत्कालीन एमाले र माओवादी०निकट अखिलको पुरानो कमिटीबीच एकता भएका कारण निर्वाचित कमिटीका पदाधिकारी र सिनियरहरुलाई बाहिर राखेर गरिने जिल्ला कमिटीको एकतालाई पूर्णता दिने तयारी मान्य नहुने पनि बताए ।
महर र तामाङले गत १५ असोजमा एकता प्रक्रिया टुंग्याउन सर्कूलर जारी गरेका थिए । सर्कूलरमा जिल्ला, क्याम्पस, निर्वाचन क्षेत्र, स्कूल कमिटी र स्थानीय कमिटीको एकता प्रक्रिया टुंग्याउने विषयमा बुँदागत मादपदण्डहरु तोकिएका छन्।
अनेरास्ववियुमा एकता प्रक्रिया अझै टुग्गिएको छैन । एकता प्रक्रिया चाडो टुग्याउनका लागि सर्कुलर जारी गरिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष, समाचार
ट्याग : #अनेरास्ववियू
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्