यस्ता छन स्थायी कमिटीका एजेण्डा
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आगामी शुक्रबार बस्ने स्थायी कमिटी बैठकका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘ प्रचण्ड’ले सएजेन्डा तय गरेका छन्। आज दुई अध्यक्ष बसेर स्थायी कमिटीमा पेश हुने एजेण्डा तयार गरिएको हो।
आगामी शुक्रबार बस्ने स्थायी कमिटी बैठकका लागि पेश गर्ने एजेण्डा सबै स्थायी कमिटी सदस्यलाई इमेलमार्फत् पठाएको छ ।
‘हामीलाई इमेलमार्फत् स्थायी कमिटी बैठकका एजेण्डा पठाइएको रहेछ’ एक स्थायी कमिटी सदस्यले भने, ‘एजेण्डाहरू के कस्तो लाग्यो पढेर सुझाव दिनुहोला भनियो। आवश्यक परेको खण्डमा थप्न पनि सकिन्छ भनिएको छ।’
यसअघि स्थायी कमिटीमा पेश गरिएका एजेण्डासहित कार्यदलले तयार गरेका एजेण्डासमेत समावेश गरिएको छ। जसमा पार्टी विधान बमोजिम विधि पद्धतिमा चलाउने, कोरोना भाइरसका सम्बन्धमा सरकारले खेलेको भूमिका, सीमा विवादका विषय एजेण्डाको रुपमा समेटिएको ती नेताले बताए।
यस्तै अहिलेसम्म सरकारले गरेका काम कारबाहीको विषयमा समिक्षा, मन्त्रिमण्डल पुनर्गठनलगायत एजेण्डाहरु समेटिएको छ।
बैठकले कार्यदलले बुझाएको प्रतिवेदनलाई अनुमोदन गर्दै बाँकी निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिने छ । त्यसपछि सचिवालय बैठकले मन्त्रीमण्डल पुर्नगठन गर्ने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्