Techie IT
आईतबार, माघ ६,२०८१

चितवनमा कोरोना संक्रमणबाट कम्युनिष्टका संस्थापक नेताको मृत्यु


चितवन । कोरोना संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर केशरवाग बस्ने कम्युनिस्ट पार्टीका संस्थापक नेता शोभाखर चापागाइँको ७८ वर्षको उमेरमा आज बिहान ७ बजेेेर २० मिनेटमा भरतपुर अस्पतालमा निधन भएको हो ।

गत, साउन २७ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको उनलाइ श्वास प्रश्वासमा गम्भीर समस्या देखिएपछि गत, भदौं ६ गते राती १२ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । त्यसलगत्तै, भदौ ७ गते उनमा कोरोना संक्रमण देखिएको थियो ।

वि.सं १९९९ असार १९ गते जन्मिएका चापागाइँ २०३४ सालमा नेकपा को-अर्डिनेशन केन्द्र चितवन गठन गरी कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए । उनको शवलाई डिस्पोज गर्ने तयारी भइरहेको छ । स्वर्गीय चापागाईंको एक श्रीमती, १०२ वर्षीय आमा, पाँच छोरी र एक छोरा रहेका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार, स्वास्थ्य


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Sunny
6:53 am5:35 pm +0545