सांसद थापा बर्दिया पुगेर दश लाख वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौँ, । सांसद तुलसा थापाले कोरोना भाइरस ९कोभिड १९०को रोकथाम र नियन्त्रणका लागि बर्दियाका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।
क्वारेन्टाइनमा बसेको कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि चारवटै स्थानिय तहका प्रमुखलाई उहाँले१० लाख वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको हो । नेकपाका उपाध्यक्ष वामदेव गौतमको सहकार्यका थापा बर्दिया पुगि स्थानीय तहलाई सामाग्री प्रदान गर्नु भएको हो ।
माक्स सर्जिकल पाचँ सय थान ,एन ९५ थान माक्स ५सय थान पंजा ५सय जोडा, सेनिटाईजर तिन सय थान, आइ आर थर्मोमिटर ५थान, गाउन ३० थान , सजीकल प्याड पाचँ सय थान सामाग्रि रहेका छन । ती स्थानिय तह वासगढि, बार बर्दिया, बढैया ताल गाउपालिकाका रहेका छन ।यसअघि पनि उहाँल ठूलो मात्रामा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
बर्दियाका पिसिआर मेसिन जडान गर्न केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग माग गर्नु भएको थियो । भारतसंग सिमाना जोडिएको बर्दियाका अधिकांश मानिसहरु रोजगारका लागि भारत जाने गर्दछन । त्यसैले ति मानिसहरुको कोभिड १९ को संक्रमण बढ्ने खतरा भएकोले पिसिआर मेसिन उपलब्ध गराउन मन्त्री ढकालसंग आग्रह गर्नु भएको हो ।
वागगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले सांसद थापाले उपलब्ध गराएको सामाग्रीले कोरोना रोकथाम र नियन्त्रण गर्न सहयोग पुग्ने बताउनुभयो । सोही क्रममा बर्दियाका विभिन्न क्यारेन्टाइनको समेत स्थलगत अवलोकन गर्नु भएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्