नेकपाको बैठक किन स्थगित भयो
काठमाडौँ, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी रहेको नेकपाको पाँचौ बैठक यहि असार २२ गते (आगामी सोमबार)सम्मका लागि स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । बैठक आज ११ बजेका लागि वोलाइएको थियो ।
उन अनुसार बैठक अव मंगलबार विहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने छ ।
पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकोले बैठक स्थगित गरिएको प्रचार विभाग उपप्रमुख थापाले बताए ।
नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समिक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधन लगायतका बिषयमा छलफल गर्नकालागि यहि असार १० गतेदेखि जारी रहेको छ ।
बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोगका अध्यक्ष, अनुशासन आयोगका अध्यक्ष, लेखा आयोगका प्रमुख ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहाकार परिषद्का संयोजक सहित ५० जनाको सहभागि रहेको छ । बेठकमा अहिलेसम्म ३७ जनाले आफ्नो धारणा राखिसक्नु भएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्