एनपिएल क्वालिफायर : सुदूरपश्चिम र जनकपुरको पहिलो इनिङ (फोटो फिचर)
काठमाडौँ, पुस ३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायर खेलमा जितका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४० रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनायो ।
जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै शुभ कंशाकरले २६, ओपनर लाहिरु मिलान्था र हर्ष थाकरले १२–१२ र कप्तान आशिफ शेख र अरनिको यादवले ११–११ रन बनाउनुभयो ।
बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिनुभयो । सईफ जैवले दुई तथा स्कट कग्लेजिन र अविनाश बोहराले एक एक विकेट लिनुभयो ।

जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ । लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिमको ब्याटिङ र बलिङ लयमा छ ।
जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसात् गरेको थियो ।
सुदूरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने हुनाले आजको यस खेल निकै महत्वपूर्ण रहेको छ ।
यस्तै आजै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराएर दोसो क्वालिफायरमा स्थान बनाएको छ । पराजित चितवन चौथो बन्दै बाहिरिएको छ ।





क्याटेगोरी : फोटो फिचर
ट्याग : #breaking, #एनपिएल क्वालिफायर : सुदूरपश्चिम र जनकपुरको पहिलो इनिङ (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्