बर्दिवासमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठानको घरदैलो अनुगमन
– बर्दिवास, महोत्तरी (३ पौष)
महोत्तरीको बर्दिवास नगरका हात्तीलेट, ब्यङ्गखाडी, डाँडाटोल तथा बिजलपुरा क्षेत्रका विभिन्न स्थानहरूमा पद्म शमशेर खड्का स्मृति प्रतिष्ठान, बर्दिवासद्वारा आयोजित छात्रवृत्ति परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूको वास्तविक आर्थिक अवस्था बुझ्न घरदैलोमै पुगेर स्थलगत अनुगमन कार्य तीव्र रूपमा भइरहेको छ ।
अनुगमनका क्रममा विद्यार्थीहरूको पारिवारिक पृष्ठभूमि, जीवनस्तर तथा शैक्षिक आवश्यकतालाई प्रत्यक्ष अवलोकन गरी छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी र न्यायोचित बनाउने उद्देश्य राखिएको छ। प्रतिष्ठानबाट छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले कक्षा ११ र १२ सम्म निशुल्क शिक्षा पाउने व्यवस्था गरिएको छ ।
प्रतिकूल आर्थिक अवस्थाका बाबजुद अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई सहयोग गर्ने लक्ष्यसहित प्रतिष्ठानका अध्यक्ष विष्णु बहादुर खड्काले आफ्ना स्वर्गीय आमाबुवाको स्मृतिमा यस प्रतिष्ठानको स्थापना गरेका हुन् ।
🔴 फोटो समाचार






















क्याटेगोरी : banner, जीवनशैली, फोटो फिचर, फोटो कथा, फोटो समाचार, ब्रेकिंग न्युज, समाचार, समाज, स्थानीय
ट्याग : #bardibas, #bardibas mahottari, #bijalpura bardinas, #dandatol bardibas, #hattilet bardibas, #padma shamser smriti pratisthan, #पद्म शमशेर खड्का स्मृति प्रतिष्ठान, #बर्दिवास महोत्तरी, #विष्णु खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्