खेल रद्ध भएपनि नाचेर फर्किए नेपाली समर्थक (फाटो फिचर)
अमेरिका (फ्लोरिडा) जेठ ३० गते । फ्लोरिडाको वेस्टपामबिचमा बस्दै आउनुभएकमा बुटबलका राजकुमार श्रेष्ठले नेपाल र श्रीलङ्काबिचको खेल हेर्न दुई महिनाअघि टिकट बुक गर्नुभएको थियो ।
उहाँले आफुसँगै श्रीमती र दुई जना बच्चाका लागि पनि टिकट लिनुभयो । महङ्गो मुल्यको दर्शक टिकट लिएर परिवारसहित बुधबार ब्रोवार्ड काउन्टी स्टेडियम पुग्नुभएका श्रेष्ठले खेलको मजा भने लिन पाउनुभएन ।

‘‘नेपालले राम्रो खेल्ला र जितको मजा लिन पाईएला भनेर उत्साहित थियौँ । तर दुई महिनादेखि नेपाली समुदायले गरेको मिहेनत र उत्साहमा वर्षा बाधक बन्यो । खेल हेर्न नपाएपनि अविरल वर्षाबिच हजारौँ संख्यामा उपस्थित नेपाली दाजुभाई र दिदी बहिनीलाई देखेर खुशी लागेको छ । आज नेपाल पुगेको जस्तो भान भएको छ,’’ श्रेष्ठले भन्नुभयो ।

ब्रोवार्ड काउन्टी स्टेडियममा उपस्थित श्रेष्ठ प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । उहाँ जस्तै नेपालको खेल हेर्न अमेरिकाको विभिन्न राज्यबाट महङ्गो हवाई टिकट खरिद गरेर हजारौँ दर्शक ब्रोवार्ड काउन्टी स्टेडियम आएका थिए ।

बाजा गाजा, नेपालको झण्डा र नेपाललाई समर्थन गनै विभिन्न प्लेकार्ड बोकेर प्यारापिटमा जम्मा भएका नेपाली समर्थकले खेल सुचारु हुने सोचमा लामो समय नाचगान गरेर विताए । गित गाए र धेरै समय रमाए पनि ।

अन्तिममा लगातार वर्षाले टस नै नगरी अम्पायरले खेल रद्ध भएको घोषणा गरेपछि नेपाली समर्थक निराश बनेर घर फर्किएका थिए ।

१४ हजार क्षमताको ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार करिव पाँच हजारको संख्यामा नेपाली समर्थक विभिन्न स्थानबाट पुगेका थिए । नेपालको तुलनामा श्रीलङ्काको समर्थक नगन्य देखिन्थे ।

यसअघि डालासमा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि त्यहाँको स्टेडियम नेपाली समर्थकले भरिएको थियो । नेपाली क्रिकेटले उचाई लिँदै जाँदा देश भित्र र बाहिर हरेक खेलमा समर्थकको उल्लेख्य साथ रहँदै आएको छ ।

नेपाली समर्थकले वेस्ट इन्डिजमा हुने खेलमा समेत साथ दिने विश्वास गरिएको छ ।




क्याटेगोरी : फोटो फिचर
ट्याग : #breaking, #खेल रद्ध भएपनि नाचेर फर्किए नेपाली समर्थक (फाटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्