थाहाको आलु (फोटो फिचर)
हेटौँडा, जेठ २९ गते । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–४ को नयाँ गाउँ आलु खेतीका लागि प्रख्यात मानिएको छ । चर्चा नै कमाएपछि यहाँको त्रिभुवन राजपथ छेउमा आलुको स्तम्भ नै निर्माण गरिएको छ ।
आकर्षक मात्र होइन यहाँको आलु स्वादिलो र मिठो पनि मानिन्छ । यहाँ ७० किलोको कृत्रिम काउली र ३५-३५ किलोका दुई वटा कृत्रिम रातो आलुको स्तम्भ बनाइएको हो ।
थाहा नगर भ्रमण गर्ने पर्यटकलाई नगरपालिकाको मुख्य पेसागत पहिचानबारे जानकारी दिन र पर्यटन प्रवर्द्धन गर्न आलु–काउली स्तम्भ बनाइएको नगरप्रमुख विष्णु विष्टले बताउनुभयो । थाहा नगरबाट बर्सेनि करिब ५० करोडको आलु र १२ करोडको काउली बिक्री हुने गरेको थाहा नगरका कृषि शाखाका प्रमुख सञ्जय तिवारी जानकारी दिनुभयो ।
स्तम्भ तयार भएसँगै त्रिभुवन राजपथ भएर आउजाउ गर्ने यात्रुले गाडी रोकेर स्तम्भ अवलोकन गर्ने र सेल्फी खिच्ने गरेको स्थानीय व्यापारी राजकुमार पन्तले बताउनुभयो । यहाँ उत्पादन भएको तरकारी काठमाडौँ, हेटौँडा लगायतका स्थानमा विक्री हुने गरेको छ । पर्यटकीय र कृषिका लागि थाहा नगर क्षेत्रलाई उर्वर भूमि मानिन्छ ।
क्याटेगोरी : फोटो फिचर
ट्याग : #breaking, #थाहाको आलु (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्