सामाजिक सुरक्षा भत्ता नरोक्न संखुवासभा एकल महिला समुहको माग
एकल महिला समुह संखुवासभाले ६० वर्षमुनिका एकल महिला तथा अति अशक्त अपांगता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारसंग आग्रह गरेको छ । जिल्ला सचिब महेश्वरा श्रेष्ठ र कोषाध्यक्ष हेमकुमारी पोखरेलद्धारा मंगलबार जारी ध्यानाकर्षणपत्रमा लामो समयदेखि एकल महिला र अपांगता भएका व्यक्तिले पाउँदै आएको सामाजिक सुरक्षा रोकिएको बारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै नरोक्न माग गरिएको छ ।
एकल महिला समुह संखुवासभाले कोभिड–१९ र लकडाउनका कारण उत्पन्न विषम परिस्थितिमा एकल महिला र अपांगता भएका व्यक्तिलाई सरकारबाट राहत लगायतका थप कार्यक्रम घोषणा हुनुपर्नेमा उल्टै सामाजिक सुरक्षा भत्तासमेत रोकिनु आपत्तिजनक भएको टिप्पणीसमेत गरेको छ ।
लकडाउनका कारण अपांगता भएका व्यक्तिहरूलाई औषधि, स्वास्थ्य र शारीरिक उपकरण प्राप्त गर्न कठिन भएको, दृष्टिविहीन तथा सुस्त श्रवण भएकाहरूलाई राहत तथा सूचना र बैंकिङ सेवा प्राप्त गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै त्यस्तो समस्या समाधान गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल र जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य मार्फत एकल महिला समुहले मंगलबार ध्यानाकर्षण पत्र बुझाउदै केन्द्रमा पठाउन माग गरेका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्