रुकुम घटना, निष्पक्ष छानबिन होस्
प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ । दैलेखबाट संसद्मा प्रतिनिधित्व गर्नुभएकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुमपश्चिम चौरजहारी–८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ कै टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गरी पीडित परिवारप्रति कानूनी राज्यको अनुभूति दिलाउन आग्रह गर्नुभएको हो ।
विज्ञप्तिमा भनिएको छ, “यसरी नै जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो राष्ट्रले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछूतको सवाललाई शून्य सहनशीलता प्रभावकारीरूपमा कार्यान्वयन गरियोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।”
शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँगको नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी नेपाल दलित मुक्ति सङ्गठनले पनि विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न, मृतक नवराज विक र टीकाराम विकलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष जोरदार माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #निष्पक्ष छानबिन होस्, #रुकुम घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्