वैदेशिक रोजगारमा रहेका दाहालले दिए संखुवासभाका बिपन्न परिवारलाई राहत
संखुवासभा- पाँचखपन नगरपालिका २ का स्थानीय युवा मुकुन्द दाहालले विपन्न परिवारका लागि राहत उपलब्ध गराएका छन् । वैदेशिक रोजगारका क्रममा जापानमा रहेका दाहालले लकडाउनका कारण समस्यामा परेका वडा नं. २ का विपन्न परिवारलाई वितरण गर्न वडा कार्यालयलाई राहत उपलब्ध गराएका छन् ।
उनले १ लाख २० हजार रुपैंया मूल्य बराबरको ८० बोरा चामल उनका बुबा हरिगोपाल दाहाल मार्फत वडा कार्यालयमा उपलब्ध गराएका हुन् । यस अघि उनले ३ परिवारलाई तीन हजारका दरले राहत स्वरुप रकम हस्तान्तरण गरेका थिए । भने काठमान्डौ स्थित घर भाडामा बस्दै आएका ४ परिवारलाई एक महिनाको भाडा छुट गरेका छन् ।
यसअघि उनका बुबा हरि गोपाल दाहालले शिव माध्यमिक विद्यालयलाई सरस्वातीको मुर्ति निशुल्क प्रदान गरेका थिए ।
राहत हस्तान्तरण कार्यक्रममा मेयर बिपिन राई, उउपमेयर भिमादेवी राई, वडाध्यक्ष उत्तम दाहाल, कार्यपालिका सदस्य नन्द कुमारी श्रेष्ठको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्