ककनीमा एक पुरूषमा कोरोना संक्रमण ,१० दिनका लागि शिल
नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ मा रहेका एक जना वर्ष ३९ का पुरूषमा कोरोना संक्रमण पुष्टि भए संगै वडा नं. ३ शिल गरिएको छ । गाउँपालिकाले बिज्ञप्ती जारी गर्दै गाउपालिका वडा नं. ३ शिलगरिएको जानकारी दिएको हो ।
ककनी गाउँपालिका वडा नंं ३ अन्र्तगतका सरकारी कार्यालय र संघ सस्थाहरु पुर्णरुपमा १० दिनका लागि शिल गरिएको विज्ञप्तीमा जनाइएको छ । आजै ककनी गाउँपालिकामा एकजना पुरूषमा कोरोना पोजेटिभ देखिएको थियो ।
कोरोना पुष्टि भएका पुरूषले काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए । ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #ककनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्