१९१ पत्रकारको पिसिआर रिर्पोट नेगेटिभ
काठमाडौँ, ९ जेठ : १९१ जना पत्रकारको कोरोना भाइरस (कोभिड १९)को रिर्पोट नेगेटिभ आएको छ ।
टेकुस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सवैको रिर्पोट नेगेटिभ आएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट आएको टोलीले गत मंगलबार राष्टिय सञ्चारमाध्यम, अनलाइन मिडियामा कार्यरत १९१ जना पत्रकारको कोभिड १९ परीक्षणका लागि स्बाव संकलन गरेको थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा महासंघका स्वास्थ्य उपसमितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले परिक्षण गरिएका पत्रकारको रिर्पोट नेगेटिभ आएको र उक्त रिर्पोट चाडै नै सम्बन्धित पत्रकारलाई वितरण गर्ने बताउनुभयोे ।
यसअघि प्रेस काउन्सिलले गरेको ७० जना बरिष्ठ पत्रकार, सम्पादकको रिर्पोट पनि नेगेटिभ आएको थियो ।
कोभिड १९ को संक्रमण अग्रपक्तिमा काम गर्ने पत्रकार, सुरक्षाकर्मीमा देखिन थालेपछि महासंघले पनि उपत्यकामा काम गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारको कोभिड १९ परीक्षण गरेको हो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्