खाँदबारी क्वारेन्टाइनका लागि अरुणबरुण सहकारीको खाद्यान्न सहयोग
संखुवासभामा अरुणबरुण सहकारी संस्था लिमिटेडले खाँदबारी नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा बसेकाहरुलाई लक्षित गरेर खाद्यान्न सहयोग गरेको छ
बिहीबार एक कार्यक्रम बिच खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडालाई सहकारीका अध्यक्ष ईश्वरकाजी कटुवालले सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग सामग्री बुझ्र्दै मेयर खतिवडाले अरुणबरुण सहकारी परिवारलाई धन्यवाद दिनुभयो । 
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्न तथा नियन्त्रण गर्नका लागि खाँदबारी नगरपालिकाले बरुण बहुमुखी क्याम्पसमा ५० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । उक्त क्वारेन्टाइनमा जिल्ला बाहिरका विभिन्न ठाउँहरुबाट आफ्नो गाउँघर फर्र्किएकाहरुलाई क्वारेन्टाइन निर्माण गरेर राख्ने गरेको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको निगरानीमा १५ दिन सम्म क्वारेन्टाइनमा राखेर राम्रोसंग स्वास्थ्य चेकजाँच पछि मात्रै घर जान दिने गरेको खाँदबारी नगरपालिकाले जनाएको छ ।
खाँदबारी नगरपालिकाले निर्माण गरेको उक्त क्वारेन्टाइनमा हाल ५ महिला र २२ पुरुष गरि २७ जना राखिएको छ । १० वटा स्थानीय तह रहेको संखुवासभा जिल्लामा १ सय ८२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #अरुण बरुण सहकारी खाँदबारी, #कोभिड १९, #खाँदबारी नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्