नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो, मृतकको संख्या तीन

आज बिहीबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक जना उच्च अधिकारीले जनाएका छन्।
संक्रमित ५३ जनामध्ये अधिकांश झापाका रहेको ती अधिकारीले नेपालखबरलाई बताए।
तर स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले ९ जना संक्रमित थपिएको औपचारिक जानकारी दिएका छन्। तीमध्ये ८ जना झापा र अर्को एक जना रुपन्देही जिल्लाका रहेका छन्।
झापाका थप ४४ जना संक्रमित भएको घोषणा भने मन्त्रालयले औपचारिक रुपमा गरिसकेको छैन।
रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको बिहीवार बिहान मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
गुल्मी जिल्लाको मदाने गाउँपालिका–६ पुरकोटदह घर भई देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक (हेडसर) रहेका उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका फोकल पर्सन डा. उमाशंकरप्रसाद चौधरीले बिहीवार बिहान ७ः१० बजे उनको मृत्यु भएको लोकान्तरलाई जानकारी दिए । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्