नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुग्यो, मृतकको संख्या तीन
आज बिहीबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक जना उच्च अधिकारीले जनाएका छन्।
संक्रमित ५३ जनामध्ये अधिकांश झापाका रहेको ती अधिकारीले नेपालखबरलाई बताए।
तर स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले ९ जना संक्रमित थपिएको औपचारिक जानकारी दिएका छन्। तीमध्ये ८ जना झापा र अर्को एक जना रुपन्देही जिल्लाका रहेका छन्।
झापाका थप ४४ जना संक्रमित भएको घोषणा भने मन्त्रालयले औपचारिक रुपमा गरिसकेको छैन।
रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमित पुरुषको बिहीवार बिहान मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
गुल्मी जिल्लाको मदाने गाउँपालिका–६ पुरकोटदह घर भई देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक (हेडसर) रहेका उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका फोकल पर्सन डा. उमाशंकरप्रसाद चौधरीले बिहीवार बिहान ७ः१० बजे उनको मृत्यु भएको लोकान्तरलाई जानकारी दिए । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : ##कोभिड१९
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्